काठमाडौं :
शुक्रबारबाट प्रदर्शरत फिल्म ‘बहाव’ हेर्न नेकपा एमालेका वरिष्ठ नेताहरु हलमा पुगेका छन् । मंगलबार एमाले सचिव योगेश भट्टराई,सांसद ठाकुर गैरे लगायतले ललितपुर पुल्चोकस्थित लबिम मलमा पुगेका हुन् ।फिल्म हेरेपछि नेता भट्टराई र सांसद गैरेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन्। उनले फिल्मकी मुख्य कलाकार सुरक्षा पन्तको अभिनय सशक्तलागेको बताए ।
उनले भने,‘महिलाको हकमा यो फिल्म क्रान्तिको प्रतीक छ । समाजमा जातीय विभेद छ । महिला र पुरुषलाई हेर्ने दृष्टिकोण सम्बन्धी विभेद छन् । यसले एउटा भद्र अवज्ञा गरेको छ ।’
उकेराका सम्पादक केपी ढुङ्गानाले यो फिल्म बलिउडमा लागेको भए हल जल्ने सम्भावना रहेको बताए ।
उनले भने,‘यो फिल्म जसले निर्माण गरेको हो उसले जोखिम मोलेको हो। यहि खाल्को फिल्म यदि इण्डियामा रिलिज गर्ने हो भने चाही हल जल्थे होला । बाम र प्रजातान्त्रिक बिचारधाराबीचको डिफ्रेसेन्स के हो भनेर पोल्टिकल गेम खेल्नु भएको छ। त्यसलाई दर्शकहरुले कतिको रुचाई रहनु भएको छ। उहाँहरुलाई नै थाहा होला ।’
फिल्ममा सुरक्षाका साथमा कमलमणि नेपालको पनि अभिनय रहेको छ। फिल्मलाई फोटो पत्रकार श्रीधर पौडेलको लगानी,प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको छ ।