काठमाण्डौं
फिल्ली क्याफे नेपाल ले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली सगँको सहकार्यमा काठमाण्डौंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात गरेको छ । फिल्ली क्याफे युएई , ओमान , कतार , संयुक्त राज्य अमेरिका , यूके , भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध व्राण्ड को रुपमा स्थापित भएको क्याफेको पहिलो आउट लेट नेपालमा सञ्चालन गरिएको फिल्ली क्याफे सञ्चालक धुब्र रिजालले जानकारी दिनुभयो ।

आगामी ५ वर्ष भित्र नेपालमा थप २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको सो उद्धघाटन कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा वोल्दै महानायक राजेश हमालले फिल्ली क्याफे ले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकार पारखीको लागी नयाँ गन्तव्य बन्नेमा आफु आशावादी रहेको बताउनुभयो । काठमाण्डौंका क्याफेहरुले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकारहरुको अद्धितीय मिश्रण प्रद्धान गरेको अवस्थामा फिल्ली क्याफेले यस का पारखीका लागी थप छाप थप्नको लागी उत्साहित रहेको सो कार्यक्रममा प्रकाश पारिएको थियो । फिल्ली क्याफेमा चिया अर्गानिक रुपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमा साथ बनाइन्ट , जसले चिया पारखीहरुको लागी भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गरेको सञ्चालक नविन खड्काले जानकारी दिनुभयो ।

काठमाण्डौंमा स्टारबस वा कोस्टा कफी जस्ता कुनै पनी अन्तराष्ट्रिय चेनहरु नभएको कारणले पनी फिल्ली क्याफे लाई काठमाण्डौंको रोमाञ्चक गन्त्व्यको रुपमा स्थापित गराउने लक्ष्य फिल्ली क्याफेले लिएको छ । चिया , आइस्ड चाई , मिल्क शेक , मकटेल, बन कबाब , स्याण्ड विच, फूडल र हल्का खाजाहरुको सेवा प्रद्धान गर्ने फास्ट फुड क्याफेहरुको बढ्दो स्थापनाले बढ्दो पर्यटक र स्थानिय उपभोक्ता विचमा विश्वव्यापी परिकारहरुको विचमा एकता कायम गरेको अर्का क्याफे सञ्चालक रफिह फिल्लीले जानकारी दिनुभयो । चिया र कफी पारखीहरुको सिग्नेचर मिश्रण अनुभव लिन चाहने ग्राहकको लागी फिल्ली क्याफे नयाँ गन्तव्य वन्ने मा सञ्चालकहरु आशावादी रहेका छन । फिल्ली आज यूएई र विश्वभरका चिया प्रेमीहरुको लागी एक प्रतिष्ठित नाम हो ।

तपाईको प्रतिक्रिया