काठमाडौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्ड अन्तर्गतको गायन अनि नृत्यको माध्यमबाट नेपाली कला अनी संस्कृतिलाई नेपाली समाज अनी अन्य बहुसास्कृतिक समाज सम्म पुराउन योगदान दिएवापत जेनिशा गौतमले समेत स्पेशल एप्रिसेसन अवार्ड पाउनुभएको छ ।
विद्यार्थीका रुपमा उत्कृष्ठ अध्ययन गर्ने, खेल क्षेत्रमा उत्कृष्ठ योगदान दिने, एनआरएनए अष्ट्रेलियामा क्रियाशिल, महिला शसक्तिकरण र सफलताको क्षेत्रमा सक्रिया, नेपाल र अष्ट्रेबीचको मित्रतामा योगदानदिने व्यक्तित्व, सफल व्यवसायी, क्रियाशिल अनि सक्रिय युवा, सामाजिक क्षेत्रमा योगदान दिने थप ९ जनालाई अवार्ड वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्डको नोमिनेशन अगस्ट १४ सोमबारबाट अगष्ट २० मध्यरातीसम्म खुल्ला गरिएको थियो ।
विभिन्न क्षेत्रका विज्ञहरु समेटेर ११ सदस्यीय निश्पक्ष छनौँट समिति मार्फत प्रतिस्पर्धामा रहेका मध्ये उत्कृष्ठलाई छनौँट गरेर पुरस्कृत गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।







































































