भारतीय गायिका सुचेता सतीशले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् ।

उनले सर्वाधिक भाषामा गीत गाउने गायकको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाएकी हुन् । गत नोभेम्बर २४ मा दुबईमा आयोजित एक कन्सर्टमा उनले विभिन्न १४० वटा भाषामा गीत गएकी थिइन् ।

गिनिज वर्ल्ड रेकर्डस्ले पनि उनको विश्व कीर्तिमानलाई आधिकारिता प्रदान गरेको दुबईस्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ ।

कन्सर्टमा सुचेताले जलवायु परिवर्तनसँग सम्बन्धित सचेतना फैलाउन लगातार ९ घण्टा सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया