गायक बिशोराम कार्कीको आवाजमा रहेको ‘कट्टा हान्दिन्छु’ रिलिज भएको छ । युट्युबमार्फत सार्वजनिक यस संगीतको संयोजन जीवन बडुले गरेका हुन् । बिशोराम कार्कीको ब्यानरमा तयार पारिएको भिडिओमा कार्की जी (सुवास) र मेगेन्द्र सुवेदीको शब्द र खेकार्की जीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको छ ।

भिडियोमा राजेन्द्र खड्गी, जय किशन बस्नेत, ह्यान्सी, कार्की जी, दिपा शाही, मेगेन्द्र सुवेदीको अभिनय देख्न सकिन्छ । भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया