घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
आइतबार सम्पन्न हतुवागढी गाउँपालिकाको १७ औँ गाउँसभा मार्फत गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वार्षिक नीति कार्यक्रम र उपाध्यक्ष सुनिता किरातीले आर्थिक विद्येयक, विनियोजन विद्येयक र आर्थिक वर्ष २०८२/८३ आयोजना तथा कार्यक्रमको बजेट वक्तव्य प्रस्तुत गरेका थिए ।
चालुतर्फ ३२ करोड ६२ लाख ४२ हजार ३९७ रुपैयाँ र पूँजीगततर्फ १५ करोड ८ लाख रुपैयाँ गरी कुल ४७ करोड ७० लाख ४२ हजार ३९७ रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष किरातीले बताए ।
बजेट वक्तव्यमा गाउँपालिकाले स्थानीय आवश्यकता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाइएको छ ।