महेश भट्टराई / विराटनगर: माेरङकाे बुढीगंगा गाउँपालिकामा रहेको सामाजिक संगठन माेरङले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

विशेष गरि संगठनले वातावरण प्रदूषण, शिक्षा र कृषिलाई विशेष प्राथमिक दिएर आफ्ना गतिविधिलाई पछिल्लो चरणमा तीब्रता दिएको छ । यस संगठनले समाजमा रहेको दलित वा सीमान्तकृत समुदाय मुसहर जातिलाई ७ वर्ष देखि निरन्तर शिक्षा दिने काम गरिरहेकाे संगठनका अध्यक्ष दिनेश सापकोटाले बताउनुभएको छ ।

उहाँका अनुसार अरू समुदायलाई मासिक रू १५०० मा दिने शिक्षा मुसहर समुदायलाई भने मासिक रू १०० मा नै दिने गरिएको छ । मुसहर समुदायका ५० जना सदस्यहरू मध्ये ३० जना पुरूष , २० जना महिला रहेका छन जसमध्ये पनि ४० जना कक्षा ५ मुनिका र १० जना माथिका रहेका छन् । दुई जना शिक्षकले अहिले पनि निरन्तर दिनकाे १ घण्टा ३० मिनेट पढाउने गरिएको छ । यस संगठनले अहिलेसम्म संघ, प्रदेश,पालिका, वडासँग सहयोग माग्ने भन्दा पनि कर्तव्यकाे कुरा सिकाउने उदेश्य राखेर कार्यहरू गरिरहेकाे छ । राज्यले याे समुदायलाई लगानी गरेपनि बालुवामा पानी हाले सरह भएको छ ।

 

सामाजिक संगठन माेरङकाे स्थापना वि.सं. २०८० सालमा भएको हाे यस संगठनका सदस्यहरू यसप्रकार रहेका छन् ।

दिनेश सापकोटा – अध्यक्ष

गुणराज काफ्ले – उपाध्यक्ष्य

लक्ष्मी घिमिरे – सचिव

हिरा नेपाल – सहसचिव

देवका तिमल्सिना – कोषाध्यक्ष

सदस्यहरू

दीपा देवकोटा

यसोदा काफ्ले

अम्बिका घिमिरे

दृष्टि तिमल्सिना

सामाजिक संगठन माेरङका लक्ष्यहरु:

१. युवालाई कृषिमा आकर्षण गर्ने कार्यक्रम गर्ने, संस्थाका सदस्यहरू पनि कृषिमा व्यस्थ हुने ।

२. शिक्षामा पहुँच नभएकालाई स्कूल जाने वातावरण बनाउने ।

३. वातावरण र पर्यावरण मैत्री कार्यक्रम गर्ने।

४. जनताका हरेक समस्याकाे आवाज उठाउने र समस्या समधान गर्नका लागि वडा, पालिकासँग समन्वय गर्ने आदि रहेका छन् ।

याे पनि

मुसहर समुदाय नेपालको एक दलित वा सीमान्तकृत समुदाय हो, जुन विशेष गरी तराई-मधेस क्षेत्रका विभिन्न जिल्लाहरूमा बसोबास गर्छन् । नेपालमा मुसहरहरू मुख्यतः झापा, माेरङ, सुनसरी ,सप्तरी , सिरहा, सर्लाही, धनुषा, महोत्तरी, रौतहट, सप्तरी, बारा, पर्सा, कैलाली, कञ्चनपुर आदि जिल्लामा रहेका छन् ।

मुसहर समुदायको संक्षिप्त परिचय:

जातीय वर्गीकरण: दलित समुदाय अन्तर्गत पर्दछ ।

भाषा: मैथिली, भोजपुरी, अवधी, र नेपाली पनि बोलिन्छ ।

पारम्परिक पेशा: मुसहर भन्ने शब्दको अर्थ नै “मुसा खाने” अर्थात् मुसा मारेर खाने भएकाले, परम्परागत रूपमा मुसा समात्ने र मार्ने काम गर्थे । त्यसैले उनीहरूलाई “मुसहर” भनिएको हो ।

आर्थिक अवस्था: अत्यन्त गरिब, सीमान्तकृत र सामाजिक रूपमा पिछडिएको जाति । शिक्षा: शिक्षाको पहुँच न्यून छ, तर पछिल्ला वर्षहरूमा सुधार हुँदैछ। धर्म: प्राय हिन्दु धर्म मान्दछन् ।

समस्या र चुनौतीहरू:

१. शैक्षिक – विद्यालयसम्मको पहुँच कम, बालबालिकाको विद्यालय जान्ने दर न्यून ।

२. आर्थिक गरिबी – जीविकोपार्जनका लागि ज्यालादारी, खेतीपाती, मजदूरी आदि गर्छन् ।

३. भूमिहीनता – अधिकांश मुसहर परिवारसँग आफ्नै जमिन छैन ।

४. जातीय विभेद – अझै पनि समाजमा भेदभाव र छुवाछुत झेल्नुपरेको छ ।

५. स्वास्थ्यको पहुँच – आधारभूत स्वास्थ्य सेवाहरूमा पहुँच कम छ ।

तपाईको प्रतिक्रिया