इटहरी । सुनसरीमा स्कुल बसले किचेर मंगलबार नाबालकको मृत्यु भएको छ । नाबालक सोही बसमा सवार थिए । प्रहरीका अनुसार गढी गाउँपालिका–६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह ४ः२० बजेतिर दुर्घटना भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी–३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको जानकारी सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले दिए ।
उनका अनुसार बसले किचेर गढी–६ का श्रवण उराउको छोरा ३ वर्षीय आयुष उराउको मृत्यु भएको छ । स्कुल छुट्टी भएपछि नाबालक त्यही बसेमा चढेर घरतर्फ जाँदै गर्दा घटना भएको प्रहरीको भनाइ छ ।