अभिनेता अनमोल केसीको मुख्य अभिनय रहेको नयाँ चलचित्र ‘जेरी अन टप’ को ट्रेलर शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
ट्रेलरमा अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, र केदार घिमिरे ‘माग्नेबुढा लगायत कलाकारहरूलाई देख्न सकिन्छ । दृश्यहरूका आधारमा फिल्मले सगरमाथा आरोहण र यात्राको क्रममा जन्मिने प्रेमकथा प्रस्तुत गर्ने संकेत गरेको छ । ट्रेलरमा अनमोल जसिता र आँचल दुवैप्रति आकर्षित भएको झल्को पाइन्छ ।
असोज ३१ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन् । फिल्ममा सुरक्षा पन्त पनि विशेष भूमिकामा देखिनेछिन् ।
सरोज न्यौपानेको प्रस्तुतिमा बनेको यस चलचित्रमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी सह–निर्माताका रूपमा छन् । कथा हेमराज बिसीको हो भने विश्वास तिम्सिनाले पटकथा लेखेका हुन् ।
फिल्मका कार्यकारी निर्माता अनुराधा गिरी र इश्वर श्रेष्ठ हुन्, भने नविन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्मातामा रहेका छन् । छायांकन दुलिप रेग्मीले र सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।