अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्माले सामाजिक सञ्जालमार्फत नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई सार्वजनिक अपिल गरेकी छन्। उनले देश निर्माणको काम अघि बढाउनु अघि देशमा न्यायको स्थापना अपरिहार्य भएको बताउँदै प्रधानमन्त्रीलाई केही महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएकी हुन्।

रीमाले आफ्नो स्ट्याटसमा लेखेकी छन् —
“सम्माननिय प्रधानमन्त्रीज्यू, देश निर्माण मिलेर गरौंला, पहिला ती अबोध विद्यार्थीका हत्यारालाई कारबाही गरियोस् र भ्रष्टाचारको भण्डाफोर गरियोस्।”

उनले प्रधानमन्त्रीमाथि आफ्नो अविश्वास नभएको र न्यायको झिनो आशा अझै बाँकी रहेको उल्लेख गर्दै लेखेकी छिन् —
“तपाईं हुनुहुन्छ र त न्यायको झिनो आश अझै बाँकी छ!”

रीमाको उक्त अपिलले सामाजिक सञ्जालमा व्यापक ध्यान आकर्षित गरेको छ। धेरैले उनको निडर अभिव्यक्तिको समर्थन गर्दै देशमा न्याय र पारदर्शिताको मागलाई बल पुर्‍याएका छन्।

तपाईको प्रतिक्रिया