नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ हाल चर्चामा छ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको यो चलचित्रले समाजमा इज्जत जोगाउने र खोस्नेबीचको संघर्षलाई केन्द्रमा राखेको छ ।

चलचित्रको कथा दुई पात्रको जीवनमा देखिने आत्मसम्मान र सामाजिक असमानता वरिपरि घुम्छ । दयाहाङ राईले मेहनती र स्वाभिमानी पात्र ‘बलराम’को भूमिका निभाएका छन् भने विजय बरालले उसकै जीवनमा चुनौती ल्याउने पात्रको अभिनय गरेका छन् ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ट्रेलरमा दयाहाङ र विजयबीचको संवाद र भावनात्मक टकरावले सामाजिक सन्देश बोकेको देखिन्छ ।

निर्देशकले यो फिल्मलाई सामाजिक यथार्थ, मित्रता र संघर्षको मिश्रण भएको बताउँदै दर्शकलाई सोच्न बाध्य पार्ने किसिमको कथा प्रस्तुत गर्ने दाबी गरेका छन् ।

चलचित्रमा सुप्रिया काफ्ले, कमलमणि नेपाल, बुद्धि तामाङ र पासाङ राई लगायतका कलाकारको पनि दमदार अभिनय रहेको छ ।
छायांकन सन्तोष मल्ल र संगीत प्रशान्त सिवाकोटीले गरेका छन् ।

निर्माण पक्षका अनुसार चलचित्र कार्तिक ६ गते अर्थात् भाइटीकाको दिन देशभर प्रदर्शनमा आउनेछ ।

तपाईको प्रतिक्रिया