भाइटीकाको दिन अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ अहिले चर्चा र अपेक्षाको केन्द्रमा रहेको छ। चलचित्रमा समावेश ‘न्याउली वनैमा’ गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ।
रिलिज भएको मात्र दुई हप्तामै ५ मिलियनभन्दा बढी दर्शकले गीत हेरेर माया दर्शाएका छन् भने ग्रामीण सौन्दर्य, भावनात्मक कथा र मन छुने शब्द, सङ्गीतले दर्शकलाई गीतसँग जोडिएको महसुस गराएको छ। गीतका दृश्यमा विजय बरालको प्रभावशाली उपस्थिति देख्न सकिन्छ, जसले चलचित्रको भावनात्मक पक्षलाई अझ बलियो बनाएको छ।
चलचित्र ‘वरिष्ठ बलराम’ प्रतिष्ठा, संघर्ष र समाजमा सम्मान खोज्ने पात्रहरूको कथा हो जसमा निर्देशकले भनेका छन्, “न्याउली वनैमा हाम्रो कथाको आत्मा हो यो गीतले बलरामको भावनालाई जिवित बनाउँछ।”
दर्शकबाट प्राप्त भएको माया र समर्थन दिनुभएकोमा निर्माण टिमले धन्यवाद व्यक्त गर्दै दर्शकलाई चलचित्र रिलिजमा पनि यस्तै साथ र उत्साह सहितको दाबी गरेका छन ।