षट्कोण आर्टसको ब्यानरमा बन्ने बहुप्रतीक्षित फिल्म ‘लालीबजार’ को छायांकन आजबाट बर्दियाको राजापुरमा शुभ साइतसँगै सुरु गरिएको छ। निर्माणपक्षका अनुसार यो फिल्मको सुटिङ ३५ दिनसम्म चल्नेछ।

फिल्ममा स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा देखिन सकिन्छ भने यसलाई यम थापाले लेखन तथा निर्देशन गर्दैछन्। कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्र सिंह बानियाँ फिल्मका निर्माता समेत रहेका छन्।

हालसम्म फिल्मको कथावस्तु गोप्य राखिएको छ, तर केही समयअघि सार्वजनिक पोस्टरमा स्वस्तिमा गर्भवतीको रूपमा देखिएकी थिइन्, जसले दर्शकमाझ निकै उत्सुकता जगाएको छ।

फिल्म फागुन १ गते देखि प्रदर्शनमा आउने तयारी गरिएको छ र
अन्य कलाकारहरूको नाम भने निर्माणपक्षले हालका लागि गोप्य राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया