लोकप्रिय अभिनेत्री पूजा शर्मा अब नयाँ फिल्म ‘महादशा’ मा देखिने भएकी छन्। तिहारको लक्ष्मीपूजाको दिन उनी यस फिल्ममा मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध भएकी हुन् ।फिल्मको निर्देशन किरण नेपालीले गर्नेछन् भने यसअघि नै निरुता सिंह, उत्तम प्रधान, हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगादे अनुबन्ध भइसकेका छन्।
यो फिल्ममा बिनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देबकोटा, पुस्कर भट्ट, दिनेस काफ्ले, रन्जन कोइराला, युबिक राज शाह, स्मृति कल्मर र एलिज पुन को पनि अभिनय रहनेछ भने ‘दर्पणछाया’को चर्चित जोडी निरुता सिंह र उत्तम प्रधानसँग पूजा शर्मा जोडिनुले ‘महादशा’लाई अझ बलियो टिमको रूपमा हेरिएको छ।
समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण अवस्थाहरूलाई कथामा उतारिने यो फिल्म लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ भने फिल्मको पटकथा मनिष गौतमले लेखेका हुन् भने राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माता हुन् र
लामो समयदेखि प्राविधिक क्षेत्रमा सक्रिय सुरज आचार्य यसपटक कार्यकारी निर्माताका रूपमा प्रस्तुत हुँदैछन्।