काठमाण्डौ । चाहे दशैंको अथवा तिहारको लगायत अन्य मौलिक आफ्नै परम्परामा आधारित गीत संगीतमा काम गरिरहेका कलाकार सुरेश बाग्दासले पुनः अर्को गीत सार्वजनिक गरेका छन् । आफुले मायाँ गरेको मान्छेले अनायासै घात गरेपछिको वियोगान्त प्रेमभावमा बनेको यस गीतमा “नाता” नाममा सार्वजनिक गरिएको हो ।
गीतमा सुरेश बाग्दासको लय र रामकृष्ण महराको शब्द राहेको छ भने स्वर सुरेश बाग्दास अनि प्रतिमा अर्यालको सुन्न सकिन्छ । यास अघि पनि सुरेश बाग्दासद्वारा सार्वजानिक भएका कयौं गीतहरुलाई अशंख्य श्रोता तथा दर्शकहरुले रुचाई सकेका छन् । गीतमा सुफिक्स मदनको संगीत संयोजन रहेको छ ।
निकै कर्णप्रिय स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा सुनिता कालिकोटे, सुरेश बाग्दास र कृष्ण मगार्को जीवन्त अभिनय देख्न सकिन्छ । सुरेश बाग्दास अफिसियल युट्युब च्यानाल मार्फात सार्वजानिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलान श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।




































