काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा पृथक गीत “उनिको स्विटर” सार्वजनिक भएको छ। गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको छ।

यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज, मनोज डंगोलको मिक्सिङ रहेको छ ।

यस गीतको भिडियोमा प्रकाश बराईली अभिब्यक्ति को निर्देशन, छायांकन, सम्पादन रहेको छ भने रबिन बिकको रंग संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिब पराजुली आदीको अभिनय रहेको छ। उनिको स्विटर नामक गीतलाई प्रकाश बराईली अभिब्यक्ति”  को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया