काठमाण्डौ । वियोगान्त होस् अथवा संयोगान्त गीत संगीतमा आफ्नो स्वर भरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेका गायक एम बि गुरुङले “खैरेनी नझरे” बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । उनि एक सफल गायक मात्र होइनन् दुनियाँको रोजाइमा परेका मोडल समेत हुन् । एम बि ले गीत संगीतमा नै क्रियासिल भएर विभिन्न सम्मान तथा अवार्ड प्राप्त गरिसकेका छन् ।

आफ्नै व्यक्तिगत समस्याका कारण निकै समयको अन्तरालमा यस गीतलाई सार्वजनिक गरेता पनि उनले अब भने निरन्तर रुपमा आफ्ना प्रस्तुतिहरु बजारमा ल्याउने प्रण गरेका छन् । एम बि को “खैरेनी नझरे” बोलको गीतलाई लय तथा संगीत संयोजन बिलन थापा मगरले भरेका हुन् भने शब्द दुर्गा थापा मगरको रहेको छ । गीतमा स्वर एम बि गुरुङ र देवी घर्ति मगरको सुन्न सकिन्छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई दिप गुरुङले निर्देशन गरेका हुन् भने छायांकन दिप गुरुङ र सम्पादन राजकुमार मगरले गरेका छन् । यस गीतको म्युजिक भिडियोमा जुना गुरुङ, एम बि गुरुङ, मनोज अधिकारी, सोनाम लामा, रा प्रगति गुरुङको अभिनय देख्न सकिन्छ । गीतलाई एम बि गुरुङ युट्युब च्यानल मार्फत सार्वजनिक गारिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया