काठमाडौँ । काठमाडौँ क्षेत्र नं ७ की उज्यालो नेपाल पार्टीकी उम्मेद्धवार बिमला लामा आँफैमा एक कुशल उद्यमी हुन् । लामो समय कोरिया बसेर त्यहाँको आर्कषक जागिरलाई तिलान्जली दिएर नेपालमा नै केही गर्छु भनेर फर्किएकी बिमलाले समाजसेवा र राजनीतिलार्य भिन्दा भिन्दै ढंगले अघि बढाईरहेकी छिन् । आफ्ना विभिन्न व्बसायका अलावा सामाजिक र राजनैतिक हिसाबले आफ्नो जिम्मेवारी लिन अग्रसर लामा भन्छिन् म ठूला र चिप्ला कुरा गरेर बस्दिन । उनी भन्छिन् आम जनताका साना साना कुराहरुमा साथ दिने विकाश निर्माण निर्माणका काममा आँफु आम जनतासँगै सँधै रहने कुरामा जोड दिन्छिन् । उनै बिमलाले अहिले घरदैलोलो अभियानलाई बढाएकी छिन् । बिमलाको निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वटा वडा पर्छन् । महानगरका १६, १७, १८, २५ वडाका बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, म्हैपी, धोबीचौर, ठहिटी, भुरुङखेल, ढल्को, नरदेवी, न्ह्यौखा, मछिन्द्रटोल तथा तारकेश्वर नगरपालिका–३, ४ र ५ का तीनपिपले, गोलढुङ्गा, लोलाङ र नागार्जुन नगरपालिका–१, २ र ३ का रानीवन, ठुलो भ¥याङ, गैरीगाउँ यस क्षेत्रमा पर्छन् । जसमध्येका आधा भन्दा धेरै स्थानीयको घरमा पुगिसकेको बिमला बताउँछन् । काठमाडौँ क्षेत्र नं ७ मा बिमलाको प्रतिस्र्धा नेपाल कम्युनिस्ट पार्टी एमाले का प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं, नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामा, जनता समाजवादी पार्टी नेपालका बाबुराम लामा, राष्ट्रिय जनमोर्चाका दीर्घकुमार श्रेष्ठसँग हुनेछ ।

तपाईको प्रतिक्रिया