काठमाण्डौ । विभिन्न गीत संगीत प्रस्तुत गर्दै अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेको अर्जुन दृष्टि म्युजिकले पुनः अर्को गीत बजारमा पठाएको छ । उक्त गीत “कहाँ छौ कहाँ” बोलको रहेको छ । केहि समय अगाडी मात्रै सार्वजानिक गरेको यो परदेशी जीवन, बोलको गीतको चर्चा सेलाउन नपाउदै अर्जुन दृष्टि म्युजिकले यस गीतलाई ल्याएको हो । नेपाली गीत संगीतको क्षेत्रा सम्बृद्धिका निमित्त जुटेको यस म्युजिक कम्पनीले अहिले सम्म दर्जनौं गीतहरु बजारमा ल्याइसकेको छ ।

प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना अर्जुन गुरुङले भरेका हुन् । गुरुङले थुप्रै गीत संगीतमा आफ्नो कला भरिसकेका छन् । यस गीतमा निरज कुमार पोख्रेल र लक्ष्मी परियारको सुमधुर स्वर सुन्न सकिन्छ ।

निकै मर्मस्पर्सी भावमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन बबिता श्रेष्ठले गरेकी हुन् भने मुकेश गुरुङ प्रिया गुरुङ र नव थापाको जिवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई छायांकन मुकेश हुमागाईंले गरेका हुन् भाने सम्पादन नबिन बोहराले गरेका छन् । गीतलाई अर्जुन दृष्टि म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया