महेश भट्टराई / विराटनगर । बुढीगंगा गाउँपालिका मोरंगका चर्चित युवा तथा समाजसेवी दिनेश सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
आज विशेष कार्यक्रम गरि राप्रपाले उनलाई पार्टीमा प्रवेश गराएको छ । बुढीगंगा गाउँपालिका भित्र भएका भ्रष्टाचार, विकृति, फाेहर मैला, प्रदूषण जस्ता विषयमा सापकोटाले खराे रूपमा प्रश्न उठाउने काम गर्दै आएका थिए ।
पालिकाका समस्या र समधानका लागि उनले पालिका, संघसंस्थाहरूसँग आग्रह गरे पनि सहयोग पाउन सकेका थिएनन् । फेसबुकमा उनले लेखेका छन् काङ्ग्रेस, एमाले, माओवादी, रास्वपा आदिले आफ्नो पक्षमा आउन आग्रह गरे पनि मैले उहाँहरूलाई सहयोग गर्न सकिन माफ माग्न चाहन्छु । सबैलाई धन्यवाद दिन चाहन्छु । मैले विचार गरे देश बनाउने पार्टी भनेको राप्रपा मात्रै हाे । देश बनाउने दलले नै हो । देश जोगाउने राजाले हो भन्ने निष्कर्षले कुनै पद नली साधारण सदस्यको रूपमा आज म राप्रपामा प्रवेश भए । स्वतन्त्र बसेर गाली गरेर देश बन्दैन भनेर आज म राप्रपामा प्रवेश भए । मेरो देश अराजक भयो। गाली र अपराध बढ्यो । संस्कार हरायो । म सबै दलको सम्मान गर्छु राप्रपाको अति सम्मान गर्दै आज मेरो प्रवेश राप्रपामा भयो भनी लेखेका छन् ।










