काठमाण्डौ । नुवाकोट जिल्लामा जन्मिएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एउटा छुट्टै इतिहाँस कोर्दै आफ्नो सांगीतिक यात्रा तय गरिरहेका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठले भर्खरै मात्र लोक दोहोरी गीत “बस्यो मायाँ” सार्वजनिक गरेका छन् । प्रस्तुत गीत अडियो सार्वजनिक गरेपश्चात भिडियो नबन्दा नै अशंख्य श्रोताहरुले मन पराएका थिए ।

पछी भिडियो तयार भएपछी बिभिन्न माध्यमबाट कभर भिडियो बनाएर समेत सार्वजनिक गर्दै थुप्रै संगीतका पारखीहरुले मन पराएका छन् । गीतमा दिनेश श्रेष्ठ र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गायक तथा सर्जक श्रेष्ठले आफ्ना हरेक प्रस्तुतिमा पृथकता दिने प्रयास गरेका हुन्छन् । फलस्वरूप यस गीतबाट उनले छोटो समयमा नै अत्याधिक श्रोता तथा दर्शकहरुको मायाँ प्राप्त गरेका छन् ।

उता गायिका गौतमले पनि यस्ता कयौं सफल गीतहरुमा स्वर भरिसकेकी छिन् । नारायण दंगालको संगीत सम्योजामा तयार काजिश श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत सार्वाजनिक गरिएको गीतमा दिनेश श्रेष्ठ कै लय तथा शब्द श्रीजना रहेको छ ।

“बस्यो मायाँ” बोलको गीतमा नेपाली चलचित्र जगतका सफल नायक पल शाह र अस्मिता जुरेलीको अभिनय देख्न सकिन्छ । साथमा हरी अधिकारी, लक्ष्मण खरेल र सुजान कार्कीको पनि यस गीतको म्युजिक भिडियोमा आकर्षक अभिनय देख्न सकिन्छ । मोडल अस्मिता नेपाली रेस्लर समेत हुन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन काजिस श्रेष्ठले गरेका हुन् भने कोरिग्राफी प्रशान्त मगर र करण खतिवडा त्यसैगरी छायांकन नबराज उप्रेतीका साथै सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया