काठमाण्डौ । पछिल्लो समय थुप्रै सांगीतिक कार्यक्रमहरुमा व्यस्त रहेका लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले लोक दोहोरी गीत “बदनामी” बोलको गीतलाई सार्वजनिक गरेका छन् । उनले अहिले सम्म दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बद्रीले व्यवसायिकता भन्दा पनि मौलिक संस्कृतिको जगेनार्थ आफ्नो भूमिका निर्बाह गरिरहेका छन् ।

आफुले मायाँ गरेको मान्छे अनायासै अर्कैको अँगालोमा बाँधिन पुगेपछिको वियोगान्त प्रेमभावमा तयार भएको “बदनामी” बोलको गीतलाई लय शब्द पनि उनै गायक तथा सर्जक बद्रीले नै तयार पारेका हुन् । गीतमा सानु के सी, बद्रि प्रसाद सिटौला र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई संगीत सम्योजन भने नारायण दंगालले गरेका हुन् ।

बद्रि लोक माला युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोमा बद्रि प्रसाद सिटौला, निर्जला बस्ताकोटी, आर्यमान बिरही र अर्जुन थापाको अभिनय देख्न सकिन्छ । उमेश कार्की युकेद्वारा निर्देशित यास गीतको म्युजिक भिडियोलाई छायांकन मारुभुमी नारायण र सम्पादन रोशान धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया