चलचित्र पत्रकार सङ्घ नेपालको झापा जिल्ला शाखाको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले एकराज प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा सुरज प्रधान, सह–सचिवमा अभिषेक धमला र कोषाध्यक्षमा अस्मिता साँखी चयन भएका छन्।


त्यस्तै सदस्यहरूमा भरत प्रसाई, विजय राज भट्टराई (अल्वाट्रस), रवि किरण बान्तवा, सरोज भट्टराई, टिकाराम बास्तोला, देवीचन्द्र बास्कोटा, राजेश आचार्य, सोफिया खड्का, सन्देश सहनी, वीरेन्द्र तिवारी, सबिना लिम्बु र सपना रिमाल रहेका छन्। झापा शाखाका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरेन्द्र बस्नेत (केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक)को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा चलचित्रकर्मी संघ कोसीका अध्यक्ष केवल तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै अधिवेशनले झापा जिल्लामा चलचित्र पत्रकारितालाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया