काठमाडौं । युद्ध बहादुर खत्री अध्यक्ष, रामकुमार पौडेल र उत्तम पौडेल सञ्चालक समिति सदस्य रहेको मुर्चुङ्गा म्युजिक प्रा. लि. को प्रस्तुतिमा सयौँ कलाकारहरूको उपस्थितिमा “मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायिका मिरा राणा हुनुहुन्थ्यो भने कार्यक्रम मुर्चुङ्गा म्युजिक प्रा. लि. का अध्यक्ष युद्ध बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । विशेष अतिथिहरूमा इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल, वरिष्ठ सञ्चारकर्मी चन्द्रमणी गौतम, वरिष्ठ गायक शिबनारायण जोशी, नवराज घोरासैनी, माधव भण्डारी, रुपक डोटेल, गीतकार तथा साहित्यकार सिन्धु पौडेल, मोडल तथा निर्देशक राहुल जेट्ली, नेपाल सरकारका उपसचिव अमरदिप सुनुवार, समाजसेवी कर्णराज कटुवाल, अञ्जना श्रेष्ठ, गोविन्द गौतम, राजु बोहरा, वरिष्ठ कलाकार यादव बैरागी, टपेन्द्र केसी, खिरेन्द्र मोक्तान, डम्बर सिंह धामी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन काव्य म्युजिकका सञ्चालक एवं काव्य म्युजिक अवार्डका व्यवस्थापक रमेश श्रेष्ठले गर्नुभएको थियो । अवार्डमा ज्युरी निर्णायकको छनोटबाट अवार्ड प्रदान गरिएको थियो । जुरि मेम्बरहरूमा दिवाकर भण्डारी (सापटे काका), सावित्री केसी, साजन पराजुली, बिजेन्द्र नौबागे, सामना शाह र देवेन्द्र शाही हुनुहुन्थ्यो ।

कार्यक्रममा संस्थागत सम्मान राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, इन्द्रेणी साँस्कृतिक विकास केन्द्र, दक्षिणकाली अफसेट प्रेस र काव्य म्युजिक सेन्टरलाई गरिएको थियो भने सञ्चारकर्मी सम्मान राजु बोहरा, दिनेश भण्डारी, प्रकाश बराइली “अभिव्यक्ति”, शिवराम भण्डारी र रमेश बस्नेतलाई प्रदान गरिएको थियो ।

त्यस्तै अन्य सम्मान प्राप्त गर्ने व्यक्तित्वहरूमा फुर्वा लिम्बु – निर्माता कमला टेलिसिरियल, मञ्जु लामिछाने – समाजसेवी, भिमसेन गौतम – निर्देशक कमला टेलिसिरियल, बिपना मुडुला कार्की – कलाकार, बिनोद बम – भिडियो सम्पादक, अञ्जली खड्का – कलाकार, बिमला सुनार – गायिका, कृष्णहरी चौलागाई – गायक, अम्बिका ढकाल – कलाकार, भुवन के पोखरेल – कलाकार, कृष्ण लामिछाने – सङ्गीत संयोजक, निरम कुमार शाही – गायक, रेनुका खतिवडा – गायिका, सरिता भण्डारी – कलाकार, यामबहादुर सेञ्चुरी – समाजसेवी तथा कलाकार, रामकृष्ण प्रजापती – कलाकार, रामहरी भण्डारी – गायक, केशब सापकोटा – रचनाकार, दावा लामा – निर्माता, माधव बस्नेत – गायक, सञ्जीव ठकुरी – मोडल, बेदप्रसाद गौडेल काइला बा – कलाकार, कर्णराज कटुवाल – समाजसेवी, भरत खड्का – समाजसेवी तथा कलाकार, अञ्जना श्रेष्ठ – समाजसेवी तथा कलाकार, सरस्वती खत्री – कलाकार, सिन्धु पौडेल – गीतकार तथा साहित्यकार, दामोदर ढकाल – कलाकार तथा पत्रकार लगायत हुनुहुन्थ्यो ।

 

अवार्ड प्राप्त गर्नेहरू यसप्रकार रहेका छन्:

१. सर्वोत्कृष्ट लोक दोहोरी गायक कृष्ण अधिकारी : खोली तरुम्ला

२. सर्वोत्कृष्ट काठे गायक जुरी : अशिमकुमार कटुवाल : तिमी मलाइ है सानू

३. सर्वोत्कृष्ट सेलो गायक लाक्पा तेन्जी शेर्पा : मजाले नाचौँला

५. सर्वोत्कृष्ट गायक पुरुष टीका बराइली : गुडगुडे बजाउँदै

५. सर्वोत्कृष्ट लोकगायक पुरुष अनिश लिम्बू : आकासै राम्रो जुनले

६. सर्वोत्कृष्ट पुर्बेली गित गायिका कल्पना सुनुवार : सुन मयाले

७. सर्वोत्कृष्ट गायिका महिला पुनम चाम्लिङ राई : मायाको गाउँ

८. सर्वोत्कृष्ट आधुनिक गायिका प्रतिमा केसी : फूलसँग बासना

९. सर्वोत्कृष्ट म्युजिक भिडियो डाइरेक्टर पुजा ठकुरी : दुर देखि आएँ

१०. सर्वोत्कृष्ट म्युजिकल फिल्म डाइरेक्टर खमेश श्रेष्ठ : पापी मान्छे

११. सर्वोत्कृष्ट म्युजिक भिडियो डाइरेक्टर जुरी मनोहर भण्डारी : पोखरामा घामलाग्यो घमाइलो

१२. सर्वोत्कृष्ट आधुनिक गित सङ्गितकार जुरी रामकुमार रिमाल : पराईकी रानी

१३. सर्वोत्कृष्ट आधुनिक गित सङ्गितकार मनिपाल राई : तिम्रो मेरो माया बिच

१४. सर्वोत्कृष्ट सेलो गित गायिका ल्हाक्पा डोमा शेर्पा : अल्लारे कान्छी

१५. सर्वोत्कृष्ट म्युजिकल फिल्म छायाँकार रामकृष्ण कंडेल : पापी मान्छे

१६. सर्वोत्कृष्ट लोकगीत छायाँकार सञ्जय चन्द : रुकुम को बजार

१७. सर्वोत्कृष्ट छायाँकार जुरी सन्तोश तिमिल्सिना : गौरी

१८. सर्वोत्कृष्ट लोकगीत उमेश सिंह ठगुन्ना : धानको बाला

१९. सर्वोत्कृष्ट लोक आधुनिक गीत आशा लामा ज्ञानमाला : के पाएँ र खै

२०. सर्वोत्कृष्ट काठे गीत सुन्दर आर.डी.: मन छैन थिरमा

२१. सर्वोत्कृष्ट नव गायक सन्तोष लोहार : हिउँ पग्लेर पानी हजुर

२२. सर्वोत्कृष्ट मोडल शिशिर बुडथोकी : नीर कमल

२३. सर्वोत्कृष्ट रचनाकार खिरेन्द्र मोक्तान : उठ जेन-जी

२४. सर्वोत्कृष्ट संगीतकार पुर्वेली गीत कृष्ण बहादुर राई : पुर्वेली ठिटी

२५. सर्वोत्कृष्ट रचनाकार भाषाभाषी गीत वीरवल माझी : सेवा ढोग

२६. सर्वोत्कृष्ट नव मोडल सौगात गौतम : नर्क

२७. सर्वोत्कृष्ट नव गीतकार बलराम बस्नेत : पर्खाइको माया

२८. सर्वोत्कृष्ट नव मोडल महिला रबिना कार्की : गुनासो

२९. सर्वोत्कृष्ट नव मोडल आधुनिक गीत यजु लामा : पर्खाइको माया

३०. सर्वोत्कृष्ट नव मोडल लोक तथा दोहोरी गीत दिपेन्द्र कठायत : भालेश्वर महादेव

३१. सर्वोत्कृष्ट नव गीतकार लोक तथा दोहोरी गीत नन्दलाल श्रेष्ठ भावुक : मोबाइल को कमाल

३२. सर्वोत्कृष्ट चाडपर्व गीत मदन सुफिक्स : खर्च दशैँलाई

३३. सर्वोत्कृष्ट नव मोडल जुरी सुश्मा रुपाखेती : पराईको नाशो

३४. सर्वोत्कृष्ट बाल कलाकार अनुप्रास श्रेष्ठ : बुढेशकालको पिरलो

३५. सर्वोत्कृष्ट पुर्वेली गीत गायक अनिश नुमिहाङ्ग राई : बादलको छायाँले

३६. सर्वोत्कृष्ट भाषाभाषी गीत संगीतकार तारादेवी सुनुवार : फाचे देम्बा लगायतले अवार्ड प्राप्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया