काठमान्डौ । बिगतका निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कृयासिल रहेका लोकप्रिय गायक तथा सर्जक भीमसेन श्रेष्ठ बिन्दासले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति “जवानी लुटपाट भो” बोलको गीतलाई सार्वजानिक गरेका छन् । उनले यस गीतलाई सावित्री गौतम संगको सहकार्यमा सार्वजनिक गरेका हुन् । श्रेष्ठ र गौतमले यस भन्दा पहिले पनि थुप्रै लोक दोहोरी गीत सार्वजनिक गरिसकेका छन् ।

उनै सफल कलाकार द्वयद्वारा सार्वजनिक भएको “जवानी लुटपाट भो” बोलको गीतलाई संगीत सम्योजन सुफिक्स मदन र लय शब्द भीमसेन श्रेष्ठ बिन्दासले तयार पारेका हुन् भने श्रेष्ठको साथमा यस गीतमा सावित्री गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । बिभिन्न मेलापर्वहरुमा सहभागिता जनाएर आफ्नो सांगीतिक यात्रा धानिरहेका श्रेष्ठ र गौतमले आफुले गरेको आम्दानि सबै लोक संगीत क्षेत्रहितका निमित्त खर्च गरिरहेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा कैलाश कठायत र झुमा अर्यालको अभिनय देख्न सकिन्छ । निकै रोमान्चक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भाने छायांकन मुकेश हुमागाईं र सम्पदान रोशन धितालले गरेका छन् । गीत सावित्री गौतम युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियो हेर्न ताल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया