काठमाण्डौ । विश्वको जुनसुकै कुना कन्दरामा पुगेता पनि राष्ट्र र राष्ट्रियता प्रति मोह कहाँ मेटाउन सकिन्छ र ! यहि राष्ट्रियता भित्रको अभिन्न पाटो नेपाली लोक तथा दोहोरी गीत संगीतको संरक्षणका निमित्त्त चेन रेकर्ड्सले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुति “हमालैमा हिउँ” बोलको गीत सार्वजनिक गरेको छ । यस भन्दा पहिले पनि चेन रेकर्ड्सले केहि गीतहरु सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरु माझ नमेटिने छाप बसाईसकेको छ ।
गीतमा समिर आचार्य र सिता स्मृतिको सुमधुर स्वर सुन्न सकिन्छ । गायक तथा सर्जक आचार्यले गीत संगीतबाट व्यावसायिकता भन्दा पनि आफ्नो मरणउप्रान्त आफ्ना कृति जीवित रहोस् भन्ने उदेस्यका साथमा यस क्षेत्रलाई योगदान दिईरहेका छन् । उनिद्वारा स्वरबद्ध गीतहरु यस भन्दा पहिले पनि थुप्रै सार्वजनिक भैसकेका छन् । प्रस्तुत गीतमा गायिका स्मृतिको पनि स्वरको जादुले थप आकर्षण पैदा गरेको छ ।
नारायण दंगालको संगीत संयोजन र लय सृजनाले सजिएको “हमालैमा हिउँ” बोलको गीतमा सिता स्मृतिको शब्द रहेको छ । गीतको भिडियोमा सुनिल क्षेत्री र निरा तामाङ्गको आकर्षक अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठद्वारा निर्देशित यस गीतको म्युजिक भिडियोमा कोरिग्राफी अभि वाग्लेको रहेको छ भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोस्शन धितालले गरेका छन् । गीतलाई चेन रेकर्ड्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।










