महेश भट्टराई/काठमाण्डू । प्रतिनिधिसभाकाे निर्वाचन फागुन २१ गते सम्पन्न भएपछि राजनीति गतिविधिलाई सक्रिय गर्नका लागि दलहरूले संसदीय दलको नेता चयन गरिरहेका छन् ।फागुन २१ काे निर्वाचनमा ६ वटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका थिए । अहिलेसम्म पाँच राजनीतिक पार्टीहरूले संसदीय दलको नेता टुङ्गो लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – बालेन्द्र शाह

नेपाली कांग्रेस – बाँकी

नेकपा एमाले – रामबहादुर थापा (बादल)

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) – पुष्पकमल दाहाल (प्रचण्ड)

श्रम संस्कृति पार्टी – हर्क साम्पाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – ज्ञानेन्द्र शाही











