काठमाण्डौ । लोक दोहोरी गीत संगीतका पारखीहरुका लागी हिराकाजि सेन्चुरीले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति “बालेन सिटि” भर्खरै सार्वजनिक गरेका छन् । सेन्चुरीले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु बजारमा ल्याइसकेका छन् । उनका सबैजसो गीतहरु सफल छन् ।
सेन्चुरीले सयौं गीतहरुको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले भर्खरै सार्वजनिक भएको गीतमा भने सन्जिब ठकुरीलाई समाबेश गराएका छन् । “बालेन सिटि” बोलको गीतमा सन्जिब संगै रिया खड्काको पनि पनि आकर्षक अभिनय देख्न सकिन्छ ।
पोखराकी एक युवती र काठमाण्डौका युवा बीच झाँगिएको प्रेमकथामा आधारित यस गीतलाई लय मिलन श्रेष्ठले भरेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । गीतमा सानु के सी र संगीता गदालको सुमधुर स्वर सुन्न सकिन्छ ।
हिराकाजी सेन्चुरी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन डेनिस खनाल र सम्पादन रोशन धितालले गरेका छन् ।
भिडियो हेर्ना तल क्लिक गर्नु होला ।










