काठमाडौंमा सम्पन्न चलचित्र पत्रकार संघको दशौं महाधिवेशनले पुनः समीर बलामी लाई अध्यक्षमा चयन गर्दै पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ। शनिबार सम्पन्न महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा दिने गरी विभिन्न पदहरूमा पदाधिकारी चयन गरेको हो।
उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य (निर्विरोध) तथा उपाध्यक्ष (महिला)मा दिपज्योती थापा चयन भएका छन्।

महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल र सचिव (समावेशी)मा महम्मद जलिम (निर्विरोध) चयन भए। त्यस्तै, कोषाध्यक्षमा मनिष अञ्जान र सह-कोषाध्यक्षमा अर्जुन गुरागाईं चयन भएका छन्। सदस्य पदमा सुशील नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) र रतन बहादुर चन्द निर्विरोध चयन भएका हुन्।

नवनिर्वाचित पदाधिकारीलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले प्रमाणपत्र प्रदान गरेका थिए। महाधिवेशन तथा २७औं साधारणसभाको उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया