काठमाण्डौ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति काठमाण्डौको आयोजनामा गत आइतबार बैशाख १३ गतेको दिन खुल्ला रक्तदान कार्यक्रम निकै भव्यताका साथमा सम्पन्न भएको छ । उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्व र संस्थाका अध्यक्ष गुण कुमारी खतिवडा बानियाँ (पार्बति) को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम मानसिंह मा.वि तारकेश्वर नगरपालिका १० मनमैजुमा आयोजना भएको हो ।

संगीतकर्मी संघ मात्र नभै ब्लोदान काठमाडौँ मध्य क्षेत्र र त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको संयोजक दिनेश श्रेष्ठले बताए ।

तारकेश्वर नगरपालिका वडा नं १० का वडाध्यक्ष कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्नमा उक्त कार्यक्रममा विशेष अतिथि राष्ट्रिय संगीतकर्मी सङ्घ केन्द्रीय प्रथम उपाध्यक्ष अमृत खाती, महासचिव विनोद ढकाल, मानसिंह धर्म माविका प्रधानाध्यापक केदार गजुरेल, राष्ट्रिय संगीतकर्मी सङ्घ केन्द्रीय उपाध्यक्ष जीवन परियार, अतिथिहरू उपमहासचिव रविन्द्र रिमाल, राष्ट्रिय संगीतकर्मी सङ्घ बागमती प्रदेशका कोषाध्यक्ष उमेश कार्की (युके), जिल्ला कार्यसमिति काठमाडौँका निवर्तमान अध्यक्ष निरेन श्रेष्ठ, जिल्ला कार्यसमिति नुवाकोटका वरिष्ठ उपाध्यक्ष उत्तम भण्डारी लगायत विभिन्न संगितकर्मी, कलाकारहरू, समाजसेवी, सहयोगी दाता महानुभावहरूको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति काठमाडौँका वरिष्ठ उपाध्यक्ष मुरली धिमाल लगायत अन्य पदाधिकारीहरू सहित २१ जना रक्तदाताहरूले रक्तदान गरेका थिए । कार्यक्रम राष्ट्रिय संगीतकर्मी सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिका सचिव गणेश घिमिरेले सञ्चालन गरेका थिए ।

 

 

 

 

तपाईको प्रतिक्रिया