काठमाडौं — नयाँ गीत “यो शहर र तिमी” सार्वजनिक गरिएको छ। आधुनिक भाव र शहरको जीवनशैलीलाई समेटिएको उक्त गीतमा शब्द विनय विष्णु के.सी को रहेको छ भने संगीत निराजन वस्ती ले तयार पारेका छन्।
प्रेम, एक्लोपन र शहरको भीडभाडबीचको भावनात्मक सम्बन्धलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। संगीत संयोजनमा आधुनिक शैली प्रयोग गरिएकोले युवापुस्तामाझ गीत लोकप्रिय हुने अपेक्षा गरिएको छ।
गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ, जसमा शहरका दृश्य र प्रेम कथालाई आकर्षक रूपमा देखाइएको छ। निर्माण पक्षका अनुसार दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
हाल डिजिटल प्लेटफर्ममार्फत उपलब्ध “यो शहर र तिमी” गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ स्वाद थप्ने विश्वास गरिएको छ ।










