काठमाडौं- पाँचौ काव्य म्युजिक अवार्ड २०८३ को उत्कृष्ठ पाँच नोमिनेसन सार्वजनिक भएको छ । हरेक वर्ष जस्तै यस वर्षको अवार्ड पनि निकै भव्यताका साथ सम्पन्न गर्ने लक्ष राखेर आयोजकले नोमिनेशन सार्वजनिक गरेको हो ।
आयोजकले उत्कृष्ठ पाँचमा छनौट भएका कलाकारलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पाँच मनोनितलाई गोलाप्रथामा सहभागि गराएर जसको हातमा विजेताको कुपन पर्दछ, कुपन पर्नेलाई अवार्ड वितरण गराउदै आएको छ । यसर्थ पनि अवार्ड निष्पक्ष हुनेछ ।
अवार्डहरुको भिडमा फरक ,विकृतिरहित तथा स्वच्छ तरिकाले कार्यक्रमको तयारी भैरहेको र छिट्टै फाइनलको घोषणा गरिने आयोजक काव्य म्युजिक सेन्टरले वताएको छ ।
नोमिनेशनमा पर्ने कलाकारहरुको नाम लिष्ट तल समाबेश गरिएको छ ।











