काठमाण्डौ । युवा व्यवसायी गोकुल ढकालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “मनको कुबेर” भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा गरेको लगानी थोरै पनि फिर्ता नहुँदा आफु यस क्षेत्रमा क्रियासिल रहंदा कलाकार गोकुल निरास छन् । उनलाई उत्साहित तुल्याउनका निमित्त पनि सबैले यस गीतलाई मायाँ गरिदिन पर्ने आवास्यक देखिन्छ ।
किरण गौतमको लय तथा शब्द सिर्जनाबाट निकै कर्णप्रिय स्वादमा सजिएको यस गीतमा गोकुल ढकाल किरण गौतम र रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई संगीत संयोजन भने कुमार सानु पुनले गरेका हुन् ।
गोकुल ढकाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको “मनको कुबेर” बोलको गीतको म्युजिक भिडियोमा दिपेन्द्र सोनाम र पुर्णिमा विश्वकर्माको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी नितिन वाइबा, छायांकन सुनिल भण्डारी र सम्पादन अमृत चापागाईंले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।










