राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले आज राजधानीको प्रज्ञा भवन कमलादीको एक सभाकक्षमा गीतकार तथा संगीतकार पुस्कर पराजुली, संगीत संयोजक सुमित बिस्वकर्मा र गायक पुष्पन प्रधान द्वारा स्वर बद्ध गीति एल्बम “इन्दुरे मिन्दुरे” को बिमोचन सम्पन्न गरेको छ । एल्बमको बारेका गायक पुष्पन प्रधानले आफ्नो भनाइ राख्दै , गित खोज्न म बजार बाट वाक्कै भएर आफ्नै गाउँ पसेको बेला आदरणीय बुबा समानका पुस्कर पराजुली सर संग कुराकानी भयो । त्यस बेला उहाँले पुष्पन म संग यस्तो गीतहरु पनि छन् भन्दै हेर्न दिनु भयो । जुन गीतहरु म आफैले पनि खोज्दै हिंडेको थिए । त्यस पछी ति गीतहरु सबै मन परेको कारण नाफा नोक्सानको मैले कुनै कुरा नसोची संगीत संयोजक सुमित बिस्वकर्मा ज्यु समक्ष पुगें र उहाले सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भए पछी म झनै खुसि भएँ । साथै बाजा गाजाको सबै अभिभारा कुटुम्भ परिवारले गरिदिने पक्का भए पछी त झनै मलाई यो एल्बम तयार गर्न निकै सहयोग पुगेको थियो । राजु महर्जनको दाईको कारण पनि यस एल्बमलाई जिबन्त दिन निकै सहयोग पुगेको छ भन्दै आफ्नो भनाइ ब्यक्त गरेका थिए । एल्बम “इन्दुरे मिन्दुरे” भित्र आठ बजे जान्छ , डम्पिंग ग्राउण्ड, झमझम रसिया , चिमुसी चि र इन्दुरे मिन्दुरे बोलको गीत समाबेश रहेको छ ।डुवर्स चिलाउने चियाबारीमा १९८२ फरवरी २८ मा जन्मिएका गायक पुष्पन प्रधान, आमा निरकुमारी प्रधान , पत्नी निर्मिता प्रधान, छोरो स्वभ्यम प्रधान भित्रको एक सदस्य हुन् । उनको बुबा श्री देवकुमार प्राधन ,को भने निधन भैसकेको छ । उक्त बिमोचन कायक्रममा गीतकार तथा संगीतकार पुस्कर पराजुलीले एल्बमको नाम “इन्दुरे मिन्दुरे” बारेमा पनि प्रस्ट्याएका थिए । बिन्धयाबासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशन सुबाश रेग्मी लगाएले एल्बमको पूर्ण सफलताको शुभकामना ब्यक्त गरिसके पछी गायक पुष्पनले एल्बम भित्रको ५ वटा गीत प्रतक्ष रुपमा गाएर उपस्थित पत्रकार एवं आफ्नो शुभचिन्तक हरुलाई आनन्दित प्रदान गरेका थिए । पछिल्लो समयमा बजारमा आएका माया पिरतीका गीतहरु भन्दा एल्बम भित्र समाबेस गरिएका सबै गीतहरु सामाजिक यथार्थता संग सम्बन्धित रहेको छ । जस मध्ये आठ बजे जान्छ बोलको गीतको म्युजिक भिडियो समेत सार्बजनिक गरिएको थियो । यस गीतको म्युजिक भिडियोमा सफर पोख्रेलको अभिनय रहेको छ भने रोज्वे रेग्मीको निर्देशन रहेको छ । उनको यो उत्कृष्ट म्युजिक भिडियो निर्देशनको भूमिकाले पनि आउँदा दिनमा यस क्षेत्रमा उज्वल्ता देख्न सकिन्छ । आठ बजे जान्छ बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत
भक्तपुर, १७ बैशाख. । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। भक्तपुर...
आगोमा परी अर्घाखाँचीखाँचीमा चार वर्षीया बालिकाको मृत्यु
अर्घाखाँची, १७ बैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको...
‘माइतीघर’ चलचित्रका अभिनेता सीपी लोहनीको निधन
काठमाण्डाै – निजी क्षेत्रले बनाएकाे पहिलाे चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी (चिदम्बरप्रसाद) लोहनीको निधन भएको छ । ८६ वर...
इलाममा सुहाङ नेम्वाङकाे मत १६ हजार नाघ्याे, रास्वपाका उम्मेदवार निकै पछि
काठमाण्डाै – इलाम–२ मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङकाे अग्रता बढ्ने क्रम राेकिएकाे छैन । अहिलेस...
वैशाख १८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा चिन्ता बढ्ने योग छ । साथै, धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य ...
इलाममा तीन स्थानबाट मतगणनाको तयारी
इलाम, १७ बैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी ...