राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिक गीतहरु हराउंदै गएको अहिले अवस्थामा आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित राज मगरको प्रस्तुति “घर हाम्रो शिन्धुली वस्तीपुर” बोलको गीतलाई हिम सम्झौता डिजिटल प्रालिले भर्खरै बजारमा ल्याएको छ । प्रस्तुत गीतमा सिन्धुली जिल्लाको अधिकांस गाउँ वस्तीको नाम लाई आम नेपालीहरु माझ परिचित गराउने प्रयत्न गरिएको छ । यस गीतमा दिनेश काफ्ले र संगीता मगर प्रीतिको सुमधुर स्वर रहेको छ ।

गीतमा स्वर भर्नुहुने द्वय कलाकार दुवै सिन्धुली जिल्लाका हुन् । जसमध्य गायिका संगीता मगर प्रिती सिन्धुलीकै भएकीले पनि ति भूभागका शब्द लहरिलाई निकै सहज ढंगले तयार पारेकी छिन् । उनि स्वयम् को नै लय रहेको यस गीतको म्युजिक भिडियोमा संचिता शाही र गोबिन्द के.सी को अभिनय रहेको छ ।एकेन्द्र सारा शंकर को निर्देशनमा तयार भएको भिडियोलाई छायांकन करन चैंसिर र सम्पादन अमर शाक्यले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया