धेरै मान्छेलाई आफू कसरी सुन्दर देखिने भन्ने चिन्ता छ । मोटा मान्छेहरुको चिन्ता कसरी चिकिक्कको शरिर बनाउने भन्ने हुन्छ । मोटो र भत्ता शरिरको चिन्ता भए जस्तै दुब्लो शरिर भएका मान्छेलाई पनि आफ्नै खालको चिन्ता हुन्छ । दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिन्छन्, दुब्ला मान्छेहरु अलि कुरुप पनि देखिने हुन्छन् । त्यसैले उनीहरुको चिन्ता कसरी ‘ह्यान्डसम’ देखिने भन्ने हुन्छ । चिन्ताको ठाउँमा केही घरेलु उपाय अपनाउने हो भने दुब्ला मान्छेहरुपनि सुन्दर देखिन सक्छन् ।

केराको प्रयोग :

प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खायो भने राम्रो मुहार चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने शरीरमा परिणाम देखिने छ ।

तातो दुधमा मह :

सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।

खरबुजा :

धेरै दुब्लो पातलो मान्छेलाई डाक्टरले खरबुजा खान सिफारिस गर्छन् । यो नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

बदामसँग दुध :

बडि बिल्डर्स र पहलवानहरु बदाम र खजुरका साथ दुध खान्छन् ।

कार्बाेहाइड्रेडयुक्त खाना :

भोजनमा अधिक कार्बाेहाइड्रेड भएका खानेकुरामा जोड दिनुपर्छ ।

पनिर :

फुल क्रिमबाट बनेको पनिर धेरै राम्रो प्रोटिनको स्रोत हो । जो ननभेज छ, उसका लागि यो असाध्यै राम्रो हुनसक्छ । यसले शरीरमा क्यालोरीको कमी समेत हटाउछ ।

तपाईको प्रतिक्रिया