राजु बोहरा,काठमाडौँ असार १ – अशंख्य श्रोता दर्शकहरुको उच्च रोजाई बनेका गायक कृष्ण रेउले र मन्जिला स्त्रीको सुमधुर स्वर लहरीमा हिन्दु नारीहरुको महान चाड हरितालिका तिज २०७५ लाई लक्षित गर्दै “रातो साडीमा” बोलको तिज गित भर्खरै सार्बजनिक भएको छ । तिज नजिकिदै गर्दा गायक रेउले र मन्जिलाले सम्पुर्ण आफ्ना श्रोता एवं दर्शकलाई तिजको कोसेली स्वरूप “रातो साडीमा” लिएर आएका हुन् । मन्जिला स्त्रीको प्रस्तुतिमा बजारमा आएको यस गितमा कृष्ण संगै मन्जिला स्त्रीको कर्णप्रिय स्वर सुन्न सकिन्छ ।

गितको भिडियोमा गायक कृष्ण र गायिका मन्जिलाकै आर्कषक नृत्य सहितको अभिनय हेर्न सकिन्छ । सम्पूर्ण दिदि बहिनीलाई छमछम्ती नचाउने उदेश्यका साथ् तयार पारिएको यस गीतलाई लय तथा शब्द गायक कृष्ण रेउले नै भरेका हुन् । भिडियोलाई निर्देशक विक्रम चौहानले निर्देशन गरेका हुन भने मिलन वि.कले सम्पादन गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।]

तपाईको प्रतिक्रिया