रोशन पोखरेल, विराटनगर , साउन ३
विराटनगरका युवा गायक शेखर बगडियाले ‘ हुक्का रे’को कभर भिडियो प्रतियोगीता जित्नेलाई पचास हजार नगद पुरस्कार घोषणा गरेको छ । भिडियो पठाउनको लागी १२ दिनको समय रहेको गायक बगडियाले बताए ।
प्रतियोगीतामा उत्कृष्ठ भिडीयो निमार्ण गर्नेलाई नगद सहित विशेष रुपमा सम्मान गरिने उहाँले बताउनुभयो । गायक बगडिया ले गरेको सो प्रतियोगामा इच्छुक व्यक्ति वा समूहले भिडियो निर्माण गरी द सरकारको जिमेल आइडी ([email protected])मा पठाउनुपर्नेछ । बनाएको भिडीयोलाई आजको १२ दिन भित्रमा पठाइसक्नु पर्नेछ । पठाईएको भिडियोलाई द सरकारको अफिसियल युटुब च्यानलबाट अपलोड गरी प्रसारण गरिने छ । प्रतियोगीले आफुले बनाएको कभर भिडियोलाई अन्य कुनै युट्युब च्यानलमा अपलोड गर्न पाईने छैन । प्रतियोगीबाट पहिलो हुने व्यक्तिलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया