राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ नजिक आइरहंदा आज मात्र म्युजिक खबरको आयोजनामा गोर्खा चौतारी म्युजिक प्रालिको प्रस्तुति, हरिमाया रायामाझी, बिष्णु ठडराई र बिशाल रायमाझीको संयुक्त तीज बिशेष गीत “चर्तिकला नक्कली” बोलको गीतको बिमोचन सम्पन्न भएको छ । काठमाडौँको बाग बजारमा अवस्थित हेल्लो क्याफेको सभाकक्षमा सम्मन्न उक्त कार्यक्रममा प्रमुख अतिथि, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्रि पंगेनी, अर्घाखाँची काठमाडौँ कलाकार समाजका अध्यक्ष मधुसुदन बन्जाडे, म्युजिक भिडियो निर्देशक शिवम पोख्रेल, नायक जय किशन बस्नेत, नायिका एलिना रायमाझी, लगाएतका व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।

गोर्खा चौतारी म्युजिक प्रालिका संचालक सुनिल लामिछानेको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बद्रि पंगेनीले आफ्नो मन्तब्य राख्दै नायक जय किशन बस्नेतको डेब्यु म्युजिक भिडियोले लोक तथा दोहोरी गीतलाई हेर्ने दृष्टिकोणमा उच्चता आउने कुरा प्रस्ट पारेका थिए । उनले कुनै पनि सांगीतिक सिर्जना युट्युब कति चले, अनलाइनमा कति लेखीए, भन्नु भन्दा पनि गीतको भाव सहितको मौलिक स्वादलाई मुल्यांकन गरिदिनुहुन सबैलाई अनुरोध गरेका छन् । यता नायक जय किशन बस्नेतले आफु द्वारा अभिनित यो डेब्यु म्युजिक भिडियोले अझै बिभिन्न लोक तथा दोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गर्ने चाहना बढेको धारणा ब्यक्त गरेका छन् ।

प्रस्तुत गीतमा हरिमाया रायामाझी, बिष्णु ठडराई र बिशाल रायमाझीको सुमधुर स्वर रहेको छ । गीतलाई लय सिर्जना बिशाल रायमाझीले गरेका हुन् भने शब्द हरिमाया रायमाझीको रहेको छ । पोहोरको बर्ष मात्र उनीहरु कै संयुक्त प्रस्तुति “नक्कले भिनाजु” बोलको तीज गीत सार्बजनिक भएको थियो । उक्त गीत करिब दश लाखको हाराहारीमा युट्युब मार्फत दर्शकहरुले हेरिसकेका छन् । यसैको सफलता पछी यो नक्कले भिनाजु भाग २ “चर्तिकला नक्कली” हो । यस गीतको म्युजिक भिडियोमा जय किशन बस्नेत र एलिना रायमाझीको रोमान्चक अभिनय रहेको छ । भिडियोलाई निर्देशन सिवम पोख्रेल, छायांकन अजय रेग्मी र सम्पादन अभिनायक मान सेरचनले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया