आर पोखरेल ,काठमाडौं । गायिका स्मारिका खत्री र गायक विनय खत्रीको स्वरमा रहेको नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षीत गीतको ‘भुरुरु उडेर गयो बरि लै’ बोलको भिडियो सार्वजनिक भएको छ ।
मौलिक भाकाका सिर्जनामा भन्दा पनि मनोरञ्जनात्मक भिडियोलाई गीतको माध्यमबाट दर्शक माझँमा समेटन पाउदाँ आफुहरुलाई खुशी लागेको गायक विनयले बताए ।
गीतमा मौलिक शब्द तथा सर्वोकष्ट लय सिर्जना नेत्र अर्यालको रहेको भिडियोमा ख्याति प्राप्त मोडल रविन्द्र थापा , रिना थापा र दामोदर सर्वोकृष्ट अभिनय रहेको छ । आशिष जिम्वाले छायाँकन गरेको भिडियोलाई रमित ओलीले सम्पादन गरेका छन । गीतको मर्म अनुसार बावु जिम्वाले निर्देशन गरेका छन ।

हेर्नुहोस् भिडियोः–

तपाईको प्रतिक्रिया