काठमान्डाँै , साउन ७ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर राख्दै शुमार्ग फिल्मस को प्रस्तुतीमा आर एन श्रीमालीको तीजको कोशेली ‘नाचम नाचम’ बोलको तिज गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा नारायण पाण्डे तथा गायिका पवित्रा सतुङगे मगरको रहेको छ । तिजको मौलिक भाका विस्थापित हुदैँ गएका कारण आफना दर्शक तथा सुभ चिन्तकलाई मनोरञ्जन दिनको लागी तीजको गीत ल्याएको गायक नारायणले बताए ।
आर एन श्रीमाली को शब्द रहेको गितमा नारायण पाण्डेको लय सिर्जना रहेको छ । तिज गीतमा मौलिकता हराईरहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई महत्व दिँदै नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन् । बर्तमान समयको माग अनुरुपको गीतको भिडियो तयार गरिएको छ । सुरेश श्रेष्ठले छायाँकन , नविन धर्ति मगर को सम्पादन र चर्चित भिडियो निर्देशक स्मृति तिम्सिना गुरु आमाको निर्देशन भिडियोमा छ । भिडियोमा धुव्र हिमाली र रश्मी आचार्यको दमदार नित्य रहेको छ ।
गीतको पुरा भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया