राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ नजीक आइरहँदा तिज बिशेष गीतहरु धेरै मात्रामा बजारमा आइरहेका छन् । तर बजारमा आएका धेरै गितहरु मात्र आफ्नो ब्यवासहिकता लाई माथि उठाउनका लागि सार्बजनिक भैरहेका छन् । यस्तो किसिमको गीत संगीतको रागले कतै आफ्नै कला संस्कृति र मौलिक तीज गीतहरु लोप हुने त होइन भन्ने जस्तो सोचले यति बेला हरी थापा र गंगा गौतम आचार्यले “नौजाले माया” बोलको एक मौलिक तीज गीत सार्बजनिक गरेका छन् ।

बिनोद ढकाल र गंगा गौतम आचार्यको सुमधुर स्वर रहेको यस गीतलाई लय तथा शब्द सिर्जना बिनोद ढकाल र कृष्ण राई (बिन्दास) ले तयार पारेका छन् । निकै रोमान्चक ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा इश्वर, मुना, बिज्ञान सबिना अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । यस भिडियोलाई नवराज भट्टराईले आफ्नो लगानीमा तयार पारेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया