रोशन पोखरेल,काठमान्डौँ , साउन ११
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक दिपक खड्काको लोकदोहोरी गीत ” तिम्रो न्यानो काख ” भिडियोको भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गायिका टिका पुन र गायक दिपक खड्काको गीतमा आवाज रहेको छ ।
प्रेम र विछोडका पिडालाई गीतमा निकै मार्मिक रुपमा ब्यक्त गरिएको छ । भावनात्मक रुपमा सम्वन्ध तोडिएको अवस्थामा प्रेमी तथा प्रेमीकाको मनमा हुने वियोगान्त पिडामा गीत का भावहरु रहेका छन । दिपक खड्काको शब्द तथा लय सिर्जना रहेको छ । मुकेश हुमागाईँले छायाँकन , अविनास डिसीको सम्पादन र चर्चित भिडियो निर्देशक बविता श्रेष्ठको सर्बोकृष्ट निर्देशन रहेको छ । गीतको भिडियोमा प्रेमी प्रेमीका को भुमिकामा आशा खड्का र तिलक राम खत्रीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया