काठमान्डाँै , साउन १२ ,सुशेली म्युजिक प्रालीको प्रस्तुतिमा संगीतिक बजारमा यतिवेला सुनिता नगरकोटी तीजको कोशेली “ यो तीजमा हेरौला “ को भिडियो सार्वजनिक भएको छ । गायक नविन विरही श्रेष्ठ तथा गायिका सुनिता नगरकोटीको सुमधुर आवाजमा रहेको छ । माया प्रेम र विछोडका भावहरु समेटिएको गीतमा सामाजिक विषयबस्तुलाई निकै रचनात्मक रुपमा समेटिएको छ । गीतको मर्म अनुसार पुर्ण सम्योगले एरेन्ज गरेका छन ।
पहिलो पटक नव विवाहित बुहारीको मनमा उठेको माइत प्रतीको प्रेमको भावहरु गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । लोकदोहोरी क्षेत्रमा विशिष्ट रुपमा योगदान पुयाएका गायक नविन विरही श्रेष्ठ को लय तथा शब्द सिर्जना गीतमा रहेको छ । रोशन थापाको छायाँकन तथा सम्पादन रहेको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका छन । गीतमा मायालु प्रेमी जोडिको रुपमा सरिता अधिकारी र सौरभ तामाङको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया