राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाई लक्षित गर्दै बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् । तर यसरी बजारमा आइरहेका तीज गीतहरु पनि आफ्नै कला संस्कृति र मौलिकता बाट केहि बाहिर गएर तयार भए कि भन्ने गुनासो बेला बखत आउने गर्दछन् । यसरी आइरहेको गुनासोलाई छोप्ने क्रममा पोहोर सालको तुलनामा यस बर्ष ९०% भन्दा माथि गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र अडिक रहेर तयार भएका छन् ।

सोहि क्रममा अशंख्या नारीहरुलाई बर्ष भरिको थकाई मेटाउने उदेस्यका साथ् पछिल्लो पटक अमृत खाती र स्मृति गौतमको संयुक्त प्रस्तुति “नाचौं घुमी घुमी” बोलको गीत सार्बजनिक भएको छ ।यस गीतमा अमृत खाती र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । सुन्दा मनै फुरुंग हुने यस गीतलाई लय अमृत खातीले तयार पारेका हुन् भने शब्द जिबन अर्यालको रहेको छ ।

निकै रोमान्चक सैली बाट तयार पारिएको एक गीतको म्युजिक भिडियोमा अनु शाह र संजिव ठकुरीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया