रोशन पोखरेल ,काठमाडौं , साउन ३ । हास्य टेलिश्रृङखला मार्फत सर्वाधिक रुचाइएका कलाकार बल्छी धुव्रेले तिज नजिक आउँदै गर्दा आफु पत्नि पिडित भएको भन्दै बडा कार्यालयमा उजुरी दिएका छन । गायक रामजी खाँड र गायिका टिका पुनको आवाजमा रहेको गीत “स्वास्नी पिडित संघ ” गीतमा स्वास्नी पिडित श्रीमानको भुमिकामा उनी आएका हुन ।
विभिन्न कारणबाट पिडित भएका श्रीमान श्रीमतिबाट पिडित भएका मानिसहरुको प्रतिनिधित्व गदै गीतमा सकारात्मक सन्देशको प्रवाह गर्नको लागी गीत निमार्ण गरेको गायिका टिका पुनले बताइन । शुभ श्री गौत्तमको शब्द सिर्जना तथा मौलिक लय सिर्जनमा रहेको गीतमा अहिले बजारमा आएको गीतको तुलनामा भिन्न रुपमा प्रस्तुत गरिएको उनले बताइन ।
सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा गीत रहेको छ । श्रीमान पिडित श्रीमतीको अभिनयमा आशा खड्का र श्रीमति पिडितको भुमिकामा बल्छी धुव्रे को अभिनय साथमा पल्पसा र ओम श्रेष्ठको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया