काठमाडौ । नेपाली गीतमा मौलिकता भन्दा पनि रत्यौली पाराका गीतहरु बजारमा आएका छन् । तर गायक तथा सर्जक भिमराज सुनुवारले स्थानिय भाकालाइ टपक्के टिपेर लोकभाका लिएर आउने तरखरमा लागेका छन् । ओखलढुंगा जिल्ला ,खिजी देम्बामा जन्मिएका भिमराजले नयाँ गीत लिएर बजार आउन लागेका हुन् ।

आफ्नै लय ,शब्दमा उनले पुर्वेली लोकभाका सलल बग्ने बोलको गीत बजारमा ल्याउने तयारीमा लागेका छन् । उनले यस अघि पहिलो प्रस्तुतिमा आफ्नै गाउ देखि काठमाडौ चल्ने ‘अरनिको सुपर बस’ बारेमा गीत बजारमा ल्याएका थिए । त्यस्तै दोस्रो गीत ‘हाउ लुङ्गा’ बोलको गीतमा उनैले गाएका छन् ।

गाउमा लोभ हुन लागेको गीतलाई बजारमा ल्याउन लागेको हुँ भिमले भने, पुराना पुस्ताको गीत नयाँ पुस्ताले बिस्तारै बिर्षन लागेकाले पुरानो लोकभाकालाई आफेले गाएर बजारमा ल्याउन लागेको बताए । ‘सलल’ बग्ने लोकभाकालाई शिला बहादुर मोक्तानले संगीत सम्योजन गरेका छन् ।

तपाईको प्रतिक्रिया