रोशन पोखरेल , काठमान्डाँै ,भदौ १३
कलाकारिता क्षेत्रमा केही गर्ने अभिलासाको साथमा आएकी हुन मोडल सुशिला कवर सामान्य परिवारमा जन्मिएकी उनी सानै देखी कलाकारिता प्रति उनको शोख रहेको थियो ।
कलाकारितामा आफनो अभिनय देखाउनको लागी नेपाली नारीहरुको महान पर्व हरितालिका तीज को गीतमा पहिलो पल्ट आफनो कला प्रस्तुत गरिन । पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा गामवेशी म्युजिक प्रालीको प्रस्तुतिमा पहिलो तिजको कोशेली “छम छम पाउजु पाउमा ” गीतमा गायिका सरिता कुमाल र गायक खेमराज गौत्तमको आवाज रहेको छ ।
ठटयौलि पारामा खेमराज गौत्तमले गीतमा शब्द तथा संगीत भरेका छन । नारीहरुको मनको पिडालाई भुलाउनको लागी यस पालीको तिजमा सो गीतको भिडियो ल्याएको गायक खेमराजले बताए । अरुण कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन , गोविन्द विवसको निर्देशन तथा सुशिला कवर र गोविन्द विवसको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया