काठमाडौं । करुणा वस्नेतले ‘रातो बुट्टे साडी…’ बोलको तीजको गीत बजारमा लिएर आएकी छन् । यो तिजको गीतको भिडियो निकै रहेको छ । यस गीतको म्यजिक भिडियोलाई म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

एउटा चेलिले तीजको बेला हर्षोलासित भएर रमाउँदै माईतिमा सुख, दुख बाँडेको खुशिपनलाई झलकाएका छन् । करुणा वस्नेतकै शब्द तथा रामचन्द्र अञ्जानको संगितले भरिएको र किशोर लामाको एरेन्ज रहेकको उक्त गीतलाई कालानिधि रेकर्डिङ म्युजिक स्टूडियोले अडियो तयार पारेका हुन ।

यस गीतमा गम्भिर वस्नेतको लगानीमा बनेको उक्त म्युजिक भिडियोमा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका जुना आले र रुपादेविले साथिहरुको साथमा सशक्त अभिनय गरेकी छन् भने एलेन मगरको छायाँकनमा रहेको भिडियोलाई एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् । हाल निक्कै चर्चामा रहेका यस म्युजिक भिडियोको कोरिग्राफिमा आर. आर. सिम्खडाले सघाएका छन् ।

‘भिडियो सहित’

तपाईको प्रतिक्रिया