रोशन पोखरेल , काठमान्डाँै , भदौँ २१
मनदेखी नै माया गरेको मायालु मान्छेका मनका भावहरु कतिपय अवस्थामा झताभुङग हुँदो रहेछ । आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा बागीना डिजिटल प्रालीको प्रस्तुतिमा रिता कोइरालाको मार्मिक लोकदोहोरी “ आफनो मनलाई ” गायिका विष्णु माझी र गायक सुमन परियारको आवाजमा बजारमा आएको छ ।

बाध्यताले पराइएको बन्दा प्रेमीकाले प्रेमीलाई भुल्न नसकेको कुरा गीतको भावमा ब्यक्त गरिएको छ । सहदेव कोइरालाको शब्द तथा उत्कृष्ट लय सिर्जनामा गीत तयार पारिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मायालु जोडिको भुमिकामा दिपक खत्री र स्मिृति मगरको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया